कार्तिक २९, २०८३ आइतबार November 15, 2026

शंख किन बजाइन्छ ? यस्तो छ धार्मिक कारण

शंखको आवाज जहाँसम्म पुग्छ त्यहाँसम्मको वायु पवित्र र ऊर्जावान् हुन्छ भन्ने धार्मिक मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शंख बजेको हामी धेरैले सुनेका छौँ । हिन्दु संस्कारमा शंख हरेक धार्मिक कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग गरिन्छ । तर, कर्मअनुसार यसको आवाज भने फरक फरक हुने गर्दछ ।

हिन्दु धर्ममा शंखलाई धेरै शुभ मानिन्छ । भगवान विष्णु र देवी लक्ष्मी दुवैले हातमा शंख समातेको तस्वीर देख्न सकिन्छ ।

शंख राखिएको घरमा सुख–समृद्धि आउँछ भन्ने धार्मिक विश्वास छ ।

वास्तुशास्त्रले पनि शंखमा भएका गुणबारे उल्लेख गरेको पाइन्छ । शंखमा यस्ता गुण हुन्छ जसले गर्दा वास्तुसँग सम्बन्धित धेरै समस्याहरू हटेर घरमा सकारात्मक ऊर्जा आउँछ ।

शंखको आवाज जहाँसम्म पुग्छ त्यहाँसम्मको वायु पवित्र र ऊर्जावान् हुन्छ भन्ने मान्यता छ ।

त्यसैले पनि हिन्दु धर्मावलम्बीहरूले नित्य पूजापाठ गरी शंख बनाउने गर्दछन् ।

शास्त्र अनुसार समुन्द्र मथनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये एक शंख थियो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउने धार्मिक मान्यता रहेको छ ।

वास्तुशास्त्रका अनुसार नियमित शंखको आवाजले आनन्द मिल्नुका साथै मानसिक तनाव पनि दूर हुने गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार