श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नाडा अटो शो २०२४ आजदेखि शुरु हुँदै

प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ ११ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बर्षेनि दशैँतिहार नजिकिँदै गएपछि बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो आजदेखि १६ गतेसम्म आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।

नाडाले अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा लिएको छ । अटो शो अवधिभर पार्किङका साथै सुरक्षाको व्यवस्थापन गरिएको छ । उक्त शो अवधिमा काठमाडौँ भ्यूटावर र धरहरालगायतका स्थानमा पार्किङ गर्न सकिने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार