श्रावण ५, २०८३ मंगलबार July 21, 2026

पहिरोले अवरुद्ध भीमफेदी–कुलेखानी-काठमाडौँ सडक सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने देउराली र हेबीमा केही दिनअघि गएको पहिरो पन्छाई भीमफेदी काठमाण्डौँतर्फको यातायात सेवा आईतबारबाट सञ्चालनमा ल्याइएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उक्त राजमार्गलाई विस्तार गर्ने क्रममा वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीदेखि कुलेखानीसम्म करिब साढे १५ किलोमिटर सडकको विस्तार गर्ने क्रममा निर्माण कार्य भइरहेकाले ठाउँठाउँमा पहिरो जाँदा केही हप्तादेखि कुलेखानीदेखि हेटौँडासम्मको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो ।

काठमाण्डौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारी साधनलाई मदन भण्डारी राजमार्गको फाखेल–सिस्नेरीबाट आवतजावत गर्न स्थानीय प्रहरी चौकीले अनुमति प्रदान गरेको सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रविन झाले जानकारी दिनुभयो ।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डौँ जाने हल्का सवारी साधनलाई व्यक्तिको आवश्यकता हेरी भैँसेस्थित प्रहरीले भीमफेदीतर्फ जाने अनुमति दिएको र खाद्यान्न, औषधि, इन्धन, लत्ताकपडालगायत अन्य सामग्री बोक्ने सवारी साधनलाई त्रिभुवन राजपथको दामन, पालुङ हुँदै मकवानपुरको विभिन्न गाउँमा पठाउने गरेको भैसे प्रहरी चौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रदेशको राजधानी हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथमा पर्ने जिपुर र ठिंगनमा केही हप्ता अगाडि पहिरो जाँदा सातदोबाटोबाट हेटौँडासम्मको यातायात सेवा अवरुद्ध रहेको चौघडा प्रहरी चौकी हेटौँडाले जनाएको छ । सो राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छ्याइ यातायात सञ्चालनमा ल्याउन अझै एक महिना लाग्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार