श्रावण २७, २०८३ बुधबार August 12, 2026

क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु

अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी ६४ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी ६४ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–८ की पुनमाया तामाङ शनिबार अस्पतालको तेस्रो तलाबाट हामफालेकी थिइन्।

उनी क्यान्सर अस्पतालमा थाइराइडको उपचार गराइरहेकी थिइन्। शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट भुइँमा हाम फाल्दा गम्भीर घाइते भएकी थिइन्।

त्यसपछि सोही अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार
स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण
२०८३ श्रावण २७, बुधबार
धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
२०८३ श्रावण २७, बुधबार
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
२०८३ श्रावण २७, बुधबार
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
२०८३ श्रावण २७, बुधबार