असार २२, २०८२ आइतबार July 6, 2025

खेलकुद मन्त्रालयद्वारा १० सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कारबाट सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युवातर्फ ६ जना पत्रकार तथा खेलकुदतर्फ ४ जनालाई सम्मान गरिएको हो ।

खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोष्टका रोशन राउत, पोखराका खेल पत्रकार केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की छन् ।

यस्तै युवा पत्रकारिता पुरस्कार, २०७६ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत खगेन्द्र अधिकारी, निरक न्यौपाने, गीता चिमोरिया, गङ्गा खड्का, रत्नकुमारी चौधरी र सुस्मा बरालीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार  रहेको छ ।

सम्मानित सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सचिव रामप्रसाद थपलियाले प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया