भाद्र २७, २०८३ शनिबार September 12, 2026

खेलकुद मन्त्रालयद्वारा १० सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कारबाट सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युवातर्फ ६ जना पत्रकार तथा खेलकुदतर्फ ४ जनालाई सम्मान गरिएको हो ।

खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोष्टका रोशन राउत, पोखराका खेल पत्रकार केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की छन् ।

यस्तै युवा पत्रकारिता पुरस्कार, २०७६ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत खगेन्द्र अधिकारी, निरक न्यौपाने, गीता चिमोरिया, गङ्गा खड्का, रत्नकुमारी चौधरी र सुस्मा बरालीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार  रहेको छ ।

सम्मानित सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सचिव रामप्रसाद थपलियाले प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार