असार ३०, २०८२ सोमबार July 14, 2025

लामाचौर कप भलिबल : महिलातर्फ विभागीय एपीएफ क्लब विजयी

गत वर्ष पनि फाइनल खेलेको डायमण्ड उपविजेतामै सीमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा आयोजित लामाचौर कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ । शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । यसपालि पनि उपविजेतामा सीमित डायमण्डले १ लाख प्राप्त गरेको छ ।

पहिलो र दोस्रो सेट आफ्नो पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो । पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चांैथो सेटमा अथक प्रयासबिच पनि बराबरी खेल्न सकेन । चौंथो सेट एपीएफले २५–१० मा जितेको हो । डायमण्ड लामाचौर कपको सुरूआति संस्करणतिर सर्वाधिक सफल टिम भए पनि पछिल्लोपटक विभागीयको वर्चस्व रहँदै आएको छ । डायमण्डले २०६९ देखि लगातार ४ वर्ष उपाधिमाथि कब्जा जमाएको थियो ।

महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो भयो । घरेलु टिम गण्डकी पुछारमा रह्यो । गत वर्ष पनि फाइनल खेलेको डायमण्ड उपविजेतामै सीमित भएको थियो । नेपाल पुलिसले डायमण्डलाई हराएको हो ।

यसैबीच, पुरुषतर्फको फाइनल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । दुई विभागीय टिम एफिएफ र नेपाल पुलिस क्लबले एक एक सेट जितेकोमा तेस्रो सेट लाइट प्रोटेस्टका कारण सुरु हुनै पाएन ।

पहिलो सेटमा एपिएफले २५–२० र दोस्रो सेटमा पुलिसले २७–२५ मा जित हात पारेको हो । पुलिसतर्फ घरेलु टिम गण्डकी चौथोमै सीमित भयो । बागलुङको गलकोट क्लब तेस्रो हुन सफल भयो ।

नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा २६ औं तीज महोत्सव अवसरमा ४ दिनदेखि महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ । प्रतियोगितामा चार चार टिमले भाग लिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए । तीजको दिन परेकोले भलिबल प्रतियोगिता हेर्न तथा महोत्सवमा रमाउन हजारौं दर्शक महोत्सवस्थलमा ओइरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया