असार २३, २०८२ सोमबार July 7, 2025

आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औँ जन्मदिनः शुभकामना दिनेलाई यसरी दिए धन्यवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्व राजा ज्ञानेन्द्र शाहको मंगलबार (आज) जन्मदिन परेको छ । उनको आज ७४ औँ जन्मदिन परेको हो । उनले यसबर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन् । गएको हप्ता उनले यस बर्ष आफ्नो जन्मदिन नमनाउने विज्ञप्ती मार्फत बताएका थिए ।

विश्व महामारी  कोरोना भाईरसबाट मुलुक आक्रान्त रहेको बेला जन्मदिन मनाउनु राम्रो नहुने भन्दै उनले यसबर्षको जन्मदिन नमनाउने बताएका छन् । जन्मदिनमा उनलाई शुभकामना भने आइरहेको छ ।

लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गर्दथ्यो । तर २०६२-६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त अधिकार कटौती गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया