काठमाडौँ । जर्मनीले युइएफए नेसन्स लिग अन्तर्गत हंगेरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्दै छ । त्यस्तै हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया