असार २९, २०८२ आइतबार July 13, 2025

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

एसियामा शीर्ष खेलकुदको जागिर लिने पहिलो भारतीय सिंह ४५ मध्ये ४४ मतले निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, भदौ २३ गते । भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

पाँच पटकका ओलम्पियन तथा निशानाबाज (सुटर) रहेका ७७ वर्षीय सिंहले सन् २०२४ देखि सन् २०२८ सम्म जिम्मेवारी सम्हाल्नुहुनेछ ।

एसियामा शीर्ष खेलकुदको जागिर लिने पहिलो भारतीय सिंह ४५ मध्ये ४४ मतले निर्वाचित हुनुभएको हो । अध्यक्ष, उपाध्यक्ष र पाँच कार्यसमिति सदस्य सबै निर्विरोध भएका छन् ।

नयाँ बोर्डका तर्फबाट सिंहले भन्नुभयो, “तपाईंले हामीलाई देखाउनुभएको माया र स्नेहका लागि हामी धेरै सम्मानित छौँ । तपाईंलाई हृदयदेखि नै धन्यवाद ।”

सिंह सन् २००१ र सन् २०१४ को बीचमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य हुनुहुन्थ्यो । त्यसपछि उहाँ विश्व खेलकुद निकायको मानार्थ सदस्यका रूपमा रहनुभयो ।

एसियामा ‘ओलम्पिक काउन्सिल अफ एसिया’ खेलकुदको शासकीय निकाय हो । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया