कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्विर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।

पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन,सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार