असार २३, २०८२ सोमबार July 7, 2025

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडान लिएपछि उनका विरोधी समुह गल्दै गएका छन् । ओलीले पार्टी विभाजनसम्मको निर्णय लिनसक्ने देखेर त्रसित बनेको विरोधी समुहले अब केही पाइला पछि सारेर भएपनि सहमतिको प्रयास गर्न थालेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पटक पटक ‘वन टु वन’ बसेर कुराकानी गरेपनि सहमति निस्किएन ।लगातारको भेटपछि पनि सहमति ननिस्कँदा नेताहरुले पुरानै सहमतिलाई केही परिमार्जन गरी जाने विषयमा छलफल बढाएका छन् । सर्प पनि मर्ने लठ्ठी पनि नभाँच्चिने विकल्प तयार गर्ने सुत्रबारे छलफल शुरु भएको हो । जसमा एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयन हुनसक्छ । ओली प्रधानमन्त्री कायमै रहने तर पार्टी सञ्चालन प्रचण्डले गर्ने विषयमा छलफल बढेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।कार्यकारी अधिकार मंसिर ४ मै प्रचण्डलाई दिइएको हो । तर, अब सहमति गर्दा पार्टी कमाण्डको पुरै अधिकार उनमा रहने गरी सहमतिको प्रयास गर्न खोजिएको हो ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल नियमित जसो बैठक बसेर सहमतिको विकल्प खोज्न सक्रिय भएको बुझिएको छ । दुवै नेता कुनै हालतमा पार्टी फुट्न दिन नहुने पक्षमा छन् । ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन कानुनी जटिलताहरु पनि छन् । उनले राजीनामा दिनेबाहेक हटाउन मुश्किल छ । अविश्वासको प्रस्तावले मात्र ओली हट्न सक्छन् । त्यस्तो अवस्थामा नेकपाभित्र दुर्घटना हुनसक्छ । त्यसैले विरोधी पक्ष दुर्घटना हुन नदिन लागिपरेको छ ।

ओलीले भने पार्टी फुटाउन अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने संकेत गरिसकेका छन् । अध्यादेश बाहेकको अवस्थामा नेकपा फुट्ने मार्ग खोलिदैन । यसमा संवैधानिक र कानुनी जटिलता छ । प्रचण्ड या अन्य कुनै नेताले चाहेर पनि नेकपा फुटाउन सक्दैनन् किनभने राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी एकीकरणको पाँच वर्ष पुरा नभई फुटाउन नपाइने उल्लेख छ । नेकपा एकीकरण भएको दुई वर्ष मात्र पुरा भएको छ ।

कुनै हालतमा सत्ता नछाड्ने ओलीको अडानले विरोधी समुह गलेको हुन् कि भन्ने देखिएको छ । त्यसमाथि नेकपाभित्र विशेष प्रभाव बढाएको चीनले सक्रियता देखाएको छ । चिनियाँ राजदुन होउ यान्छीले शिर्ष नेताहरुलाई भेटिसकेकी छिन् । उनले पार्टी फुट्न नदिन जोड दिएको बुझिएको छ ।

नेकपाभित्र अब सहमतिको बढी सम्भावना बढ्दै गएको छ । सहमति नबन्दा यसरी नै यता न उताको अवस्था कायम रहन सक्छ । एक व्यक्ति एक पदको जस्तै अवस्था सृजना गर्ने गरी सहमति निकाल्न खोज्दा पनि कुरा नमिले दुर्घटना नटर्ने उत्तिकै सम्भावना छ । रिपोर्टस नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार