कार्तिक २२, २०८३ आइतबार November 8, 2026

अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द

विद्यालय बन्द
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिमकोट (हुम्ला), भदौ २९ गते । हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यमिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो ।

बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहीबार र बुधबार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले बताउनुभयो । याङ्गुबाट विद्यालय जानेबिच क्षेत्रको बाटो भत्किएको हो ।

विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो । आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो । पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन् । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ ।

विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उहाँले बताउनुभयो । पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा
२०८३ कार्तिक २२, आइतबार
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार