असार २३, २०८२ सोमबार July 7, 2025

राहत वितरण, टिप्पर दुर्घटना र भ्रष्टाचारीको छानबिन गर्ने विप्लव नेकपाको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालीकोटको रास्कोट एरिया नं. ३ को पाँचौ वैठकले राहत वितरण, टिप्पर दुर्घटना र भ्रष्टाचारीको छानबिन गर्ने निर्णय गरेको छ ।

एरिया इन्चार्ज नवकुल शाही ‘निर्भिक’को सभापतित्व, जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी रणदिपको विशेष आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

बैठकले असार मसान्तसम्म कोभिड १९ को बाहानामा कमिसनको उद्देश्य राखेर नगरपालिकाले बितरण गरेको राहातको विवरण मागी छानबिन गर्ने, लालीघाट टिप्पर दुर्घटनामा भएको नगरको लापरबाहीको सत्य तथ्य छानबिन गर्ने, असार मसान्तमा हुने चरम भ्रष्टाचारको निग्रानी गर्ने र भ्रष्टाचारीलाई कारवाही गर्ने निर्णय गरेको एक नेताले युगखबरलाई बताएका छन् ।

उक्त वैठकमा जिल्ला इन्चार्ज बिराट तथा जिल्ला सेक्रेटरी रणदिपले नक्कली कम्युनिस्टहरुले देशलाई बन्दकी राखेर स्वार्थ सिद्धगर्नुका साथै राष्ट्रियता धरापमा पार्न खोजेकाले खबरदारी गर्दै स्वाधिनताको मुद्दा प्रमुख बनाएर जाने बेला आएकोले सक्रिय भएर लाग्नु पर्ने निर्देशन दिएका  थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार