असार २९, २०८२ आइतबार July 13, 2025

इङलिश प्रिमियर लिग : साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

म्यानचेस्टर युनाईटेडले साउथहम्पटनलाई ३-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले साउथहम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा माथिस डि लाइट, मार्कस राशफोर्ड र अलेक्जेन्डर गार्नाचोले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७९औं मिनेटमा ज्याक स्टेपहेन्सले रातो कार्ड पाएपछि साउथहम्पटन १० खेलाडीमा सिमित भएको थियो ।

यो म्यानचेस्टर युनाइटेडको यस सिजनमा दोस्रो जित हो । चार खेलमा दुई खेल हारेको म्यानचेस्टर युनाइटेडको ६ अंक भएको छ । त्यस्तै साउथहम्पटनले भने अहिलेसम्म यस सिजनका चारै खेलमा हार बेहोरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया