असार १०, २०८२ मंगलबार June 24, 2025

निम्न माध्यमिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सुचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ ।

आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेदवारहरूले आज (भाद्र ३१ गते सोमबार)देखि असोज २९ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही नहुने आयोगले जनाएको छ ।

दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेदवार स्वयं जबाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।

आवेदन https://license.tsc.gov.np/ अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार