असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती प्रदेश सभाको बैठक असोज ६ गते

असोज ५ गते दिउँसो ३ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयमा दर्ता भएको तीन वटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

गत भदौ १३ गते बसेको प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ ।

यही असोज ६ गते बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार