कार्तिक २२, २०८३ आइतबार November 8, 2026

प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण

सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र  निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज यहाँ आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको हो । यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथस्थित स्कुल अफ बिजनेसले पाएको छ । उक्त क्याम्पसले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको हो ।

यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र  निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही रु दुई लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद रु तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, विश्व निकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै रु दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले रु एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।

यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौँको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले रु तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । द्वितीय हुने विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँले रु दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौँकै बूढानीलकण्ठ स्कुलले रु एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई रु एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो ।

यस्तै, दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको छ । ती दुवैलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक स्मारिका–२०८१ विमोचन गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा
२०८३ कार्तिक २२, आइतबार
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार