जेठ ७, २०८२ बुधबार May 21, 2025

गण्डकी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २ असोज : गण्डकी प्रदेशसभाको आजको बैठकमा ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले क्रमशः ती विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले साझेदारी फर्मसम्बन्धी प्रदेशको आफ्नै कानुन नहुँदा सङ्घीय कानुनमा निर्भर रहनुपरेको अवस्थामा उक्त कानुन अपरिहार्य रहेको बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिई लगानीको वातावरण सिर्जना नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उहाँको भनाइ छ । प्रदेश सरकारले राजस्व वृद्धिमा ध्यान दिनुपर्ने उहाँको बताउनुभयो ।

प्रदेशसभा सदस्य यशोदा रिमालले साझेदारी फर्मसम्बन्धी कानुनले प्रदेशभित्र आयआर्जन र रोजगारी सिर्जनाका गतिविधि सञ्चालन गर्न सहजता थपिने विश्वास व्यक्त गर्नुभयो । लगानी वृद्धि, उद्योगधन्दाको स्थापना, उत्पादन वृद्धि र निर्यातको वातावरण भएमा मात्र प्रदेश आत्मनिर्भर उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य कुसुम बुढा मगरले युवाको विदेश पलायनलाई रोक्न स्वदेशभित्रै व्यवसाय प्रवर्द्धनका नीति र कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले उद्यम तथा व्यवसाय सञ्चालनमा सहज कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । दर्ता दस्तुर र नवीकरण शुल्क बढी हुँदा साना तथा मझौला उद्योगहरु बन्द हुने अवस्था रहेकाले तिनको दिगोपनाका लागि प्रदेश सरकारले नीतिगत सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य बिन्दु पौडेल, सीता कुमारी सुन्दासलगायतले विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले प्राप्त सुझावलाई समेटेर ऐन बनाइने बताउनुभयो ।

‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य महेश भट्टराई, बेदबहादुर गुरुङलगायतले भाग लिनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले निमामति सेवा ऐन, स्थानीय सेवासम्बन्धी, लोकसेवा आयोग, खानेपानी तथा सरसफाइ ऐन र गण्डकी प्रदेश वन ऐन संशोधन गर्न लागिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार