बैसाख ५, २०८३ शनिबार April 18, 2026

राष्ट्रियसभाको अध्यक्ष इस्तानबुल प्रस्थान

अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौ सम्मेलनमा पनि मन्तव्य दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ वैशाख । राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।

यही वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिने सङ्घीय संसद् सचिवालयले जनाएको छ । भ्रमणका दौरान उनले विभिन्न देशका संसद्का प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम रहेको छ ।

अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरु सहभागी हुनेछन् संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही अगामी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार