असोज २४, २०८३ शनिबार October 10, 2026

आज विश्व सम्पदा दिवस मनाइँदै

पदयात्रा समापनपछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम पनि गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंँ, ५ वैशाखः सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति र पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले गहना पोखरीबाट भाटभटेनी मन्दिरसम्म पदयात्रा गर्ने कार्यालय प्रमुख पवनकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो ।

पदयात्रा पछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम पनि गरिने जानकारी उहाँले दिनुभयो । कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार