असार २३, २०८२ सोमबार July 7, 2025

चिनीयाँ उच्च राजनीतिक अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले अल्पसंख्यक मुस्लिम समुदायहरु माथि दमन गरेको आरोपमा केही चीनियाँ राजनीतिज्ञहरुलाई अमेरिका प्रवेश गर्न नपाउने गरी प्रतिवन्ध लगाएको छ ।

चीनको सिनजीआङ प्रान्तमा रहेका मुस्लिम समुदाय माथि उनीहरुको मानव अधिकार हनन् हुने गरी भएको घटनामा संलग्न रहेको भन्दै केहि अधिकारीहरुको प्रवेशमा रोक लगाएको हो ।

चीनियाँ कम्युनिष्ट पार्टिका क्षेत्रीय नेता चेन क्वानगुओ सहित चार जना नेताहरु माथि अमेरिकाले मुस्लिम समुदायका मानिसहरुलाई बन्धक बनाएको, धार्मिक उत्सवहरु गर्न रोक लगाएको जस्ता आरोप लगाएको छ ।

तर अमेरीकी प्रतिवन्धमा परेका हालसम्मै उच्च चीनियाँ अधिकारी क्वानगुओ माथिको यो अमेरिकी आरोप राजनीतिक भन्दा पनि अमेरिकामा व्यवसाय गरेका नेतासँगको आर्थिक सम्बन्धका कारण भएको बताइएको छ ।

चीनले पनि उक्त प्रान्तमा मुस्लिम समुदायलाई लक्षित गरी भएको भनिएको त्यस्तो सबै आरोपहरुको खण्डन गरेको छ । अमेरिकामा व्यवसाय गरीरहेका ती नेताहरुमाथि प्रतिवन्ध लागपछि अब उनीहरुले कुनै पनि आर्थिक क्रियाकलापमा संलग्न हुन पाउने छैनन् ।

यसैगरी अमेरिका भित्र रहेका उनीहरुका सबै चल अचल सम्पत्ती पनि रोक्का हुनेछ । अमेरीकी विदेशमन्त्री माइक पम्पियोले मानव अधिकार विरुद्ध हुने क्रियाकलापमा अमेरिकाले कारबाही अघी बढाएको प्रतिक्रिया दिनुभएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार