श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आजको विदेशी मुद्रा विनिमय : अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ। बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो।

युरोपियन यूरोको आजको मूल्य एकको खरिदर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छभने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण भएको थियो।

बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा कामय भएकामा आज एकको खरिदर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा कायम भएको छ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ ०८ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार