असार २३, २०८२ सोमबार July 7, 2025

खोलामा डुबेर दुई बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका-१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् ।

बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

उनीहरुसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रनाउ लामाले जानकारी दिनुभयो ।

माछा मार्ने क्रममा शुरुमा प्रवीण अचानक चिप्लेर खोलामा डुबेका थिए । उनलाई बचाउन जाँदा सुधिर पनि डुबेर वेपत्ता भएका हुन् । राति आएको पानीले खोलामा बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार