असार २३, २०८२ सोमबार July 7, 2025

शुक्रबारसम्म बाढीपहिरोबाट ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत जेठ ३१ गते यता पहिरोबाट सवैभन्दा बढी क्षति भएको छ । गृहमन्त्रालयका अनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् । पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेको छ ।

पर्वत, पाल्पा, बझाङ, गुल्मीको इश्मा ,सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परी ४६ जनाको मृत्यु भएको हो । जसमा ३७ जना घाइते भएका छन् । गृहमन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार ती घटनामा परी हालसम्म ५८ जना बेपत्ता रहेको खबर साँझसम्म सङ्कलन भएको छ ।

शुक्रबार मात्र बाढीले एक र पहिरोबाट २३ जनाको ज्यान गयो

आज मात्र एक जनाको बाढीले बगाएर र २३ जनाको पहिरोमा परी मृत्यु भएको छ, २४ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा हालसम्म दुई जनाको मात्र शव फेला परे पनि अन्यको भेटिएको छैन । पाँच जना घाइते काठमाडौँमा छन् । हालसम्म एक चिनियाँसहित २१ जना बेपत्ता रहेका छन् । म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । एक जनाको बाढीले बगाएर मृत्यु भएको छ भने पाँच जना घाइते छन् । त्यहाँ २९ जना बेपत्ता रहेका छन् । त्यहाँ १९ जना बेपत्ता रहेको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिनुभयो ।

आपतकालीन केन्द्रका अनुसार जाजरकोटमा सात जनाको शव फेला परेको छ । पाँच जना घाइते र पाँच जना बेपत्ता रहेका छन् । कास्कीमा सात जनाको शव फेला परेको छ भने १७ जना घाइते छन् । लमजुङमा तीनजनाको मृत्यु तीन जना घाइते रहेका छन् । गुल्मीको कुश्मा एक जना र रुकुम पश्चिमको आठबिसकोटमा दुई जनाको मृत्यु भएको छ ।

विस्थापितको सङ्ख्या यकिन नभएपनि हालसम्म तीन सय जना र घर क्षति एक सय जनाको तथ्याङ्क केन्द्रमा आएको छ । थप सङ्कलन कार्य जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षासँगै तराईमा डुबान सुरु भएको छ ।

हालसम्म विभिन्न क्षेत्रमा विपत्तिमा परेकालाई उद्धार र राहतका लागि प्रदेश स्थानीय स्तरबाट परिचालन गरिएको छ । त्यहाँबाट नसकेको विषयमा भने केन्द्रले सहयोग गरिरहेको छ । “खराब मौसमका कारण कतिपय स्थानमा केन्द्रबाट उद्धारका लागि हेलिकप्टर पठाउन सकिएको छैन, म्याग्दीमा जानै सकेको छैन, उता जाजरकोटमा पनि पुग्न सकिएको छैन, ” उहाँले भन्नुभयो । सिन्धुपाल्चोकमा भने खोजी जारी रहेको छ । लमजुङ, पोखराको उद्धार गरेर अस्पताल लगिएको छ ।

म्याग्दीको धौलागिरी र जाजरकोटको स्थान अति दुर्गममा रहेकाले उद्धार र राहतमा समस्या परेको केन्द्र प्रमुख वस्तीले बताउनुभयो । स्थानीय पालिकाले सुरक्षित स्थानमा राखेर तत्कालका लागि खान र बस्ने व्यवस्था मिलाइएको छ । मौसम सफा हुनासाथ थप उद्धारका कार्य थालिनेछ ।

उहाँका अनुसार म्याग्दीमा पनि तत्कालका लागि स्थानीय तह, रेडक्रसले नै त्रिपाल , खाना र लत्ताकपडाको व्यवस्था गरेको छ । बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पनि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय उद्योग बाणिज्य संघ, नगरपालिका र गाउँपालिकाले नै व्यवस्थापन गरिरहेका छन् । त्यहाँ ३६ घर परिवार विस्थापित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार