असार १३, २०८३ शनिबार June 27, 2026

नेपालमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टीः ४ सय ३१ जना कोरोना जितेर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शनिबार नेपालमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

त्यस्तै शनिबार तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले काठमाडौंको केएमसी अस्पतालमा एक जना र ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

आइसोलेसनमा ८ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या ८ हजार ४ सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया