असार १३, २०८३ शनिबार June 27, 2026

अवैध मृगाैला प्रत्यराेपणमा संलग्‍न चिकित्सकसहित ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मृगाैलाकाे अवैध काराेबारमा संलग्‍न चिकित्सकसहित ६ जना प्रहरीकाे फन्दामा परेका छन् । गैरकानुनी रुपमा फर्जी कागजातकाे आधारमा मृगाैला प्रत्यराेपण भएकाे सूचनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

यसरी पक्राउ पर्नेमा चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती,  डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेकाे हाे ।

चिकित्सकले आर्थिक लेनदेन गरेर फर्जी नाता कायम गर्दै गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोग गरेको प्रहरीको दावी छ। नियन्त्रणमा लिइएकालाई प्रहरीले आइतबार सार्वजनिक गर्ने पनि जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया