असार ५, २०८३ शुक्रबार June 19, 2026

शिक्षक सरुवाको विरोधमा विधार्थीद्वारा नगरपालिका र मेयरको घरमा तोडफोड

विद्यार्थीद्वारा गरिएको तोडफोड र ढुंगामुढा बाट १५ लाख भन्दा बढीको क्षती भएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एकजना शिक्षकको सरुवाको बिषय लिएर विद्यार्थीहरुले नगरपालिका संगै मेयरको घरमा समेत तोडफोड गरेका छन् ।

स्थानीय देवाही गोनाही  नगर अन्तर्गत जयकिसान माबि धरहरिका प्रधानाध्यापकको सरुवा नहुँदै विधार्थीहरुले नगरपालिका भवन र मेयरको घरमा तोडफोड गरेका छन् ।

विद्यालयमा अध्ययनरत दर्जनौँको संख्यामा गएका विद्यार्थीहरूले मंगलवार अपरान्ह मेयर प्रेमलाल साह बिरुद्द बिभिन्न चर्का नारा लगाउँदै नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरिरहेका थिए ।

प्रदर्शनसंगै विद्यार्थीहरुले गरेको ढुंगामुढाले नगरपालिका भवनको सम्पूर्ण झ्यालको सिसा फुटेको छ । विद्यार्थीहरूले नगरपालिका भवनको छेउमै रहेको जेसिविको सम्पूर्ण सबै सिसा फुटाएका छन् ।

विद्यार्थीहरुले गरेको ढुंगा प्रहारबाट तीनजना प्रहरी घाईते भएका छन् । प्रदर्शनको क्रममा कुनै अप्रिय नहोस भनेर नगरपालिकाको कार्यालयमा दिउसोभरी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

प्रधानाध्यापक सञ्जय साह,वडा ९ का अध्यक्ष बीरबहादुर साह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल भन्ने श्यामानन्दन साह, स्थानिय राजेश साह, रञ्जन साह,गुदु यादव, नागेन्द्र यादव, लखिन्द्र भन्ने नबी लाल साहले बिभिन्न पूर्वाग्रह राखेर विधार्थी उचालेर प्रदर्शन र तोडफोड गराएको देवाही गोनाहिका मेयर प्रेमलाल साह कानुले बताएका छन् ।

मंगलबार नगरपालिकाको कार्यकक्षमा शिक्षा समितिको बैठक चलिरहेको थियो । सोही क्रममा एक्कासी आएका विद्यार्थीको समूहले  विद्यालय व्यवस्थापन समितिका पदाधिकारी संग बिना सल्लाह मेयर प्रेमलाल साहले व्यक्तिगत स्वार्थ पूर्तिका लागि प्रधानाध्यापक संजय प्रसाद साहको गरेको सरुवा बदर हुनुपर्ने भन्दै प्रदर्शन तथा तोडफोड सुरुगरेको मेयर कानुले बताएका छन् ।

शिक्षा समितिको बैठक स्थगित गरेपछि विद्यार्थीहरू फर्केको थियो । नगरपालिका बाट फर्केर गएका विद्यार्थीहरू देवाही गोनाही ९ धरहरीस्थित आफ्नो घरमा पनि ढुंगामुढा गरेको मेयर कानुले बताए ।

त्यतिमात्र नभई विद्यार्थीहरू नगर अस्पतालको प्राङ्गणमा राखिएको एम्बुलेन्समा समेत तोडफोड गरेको उनले बताए । राजनीतिक पूर्वाग्रहको कारण प्रधानाध्यापक सञ्जय साह वडा अध्यक्ष, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेतका मानिसले विधार्थी उचालेर घटना गरिएको मेयर प्रेमलाल साह कानुले दावी गरेका छन् । विद्यार्थीद्वारा गरिएको तोडफोड र ढुंगामुढा बाट १५ लाख भन्दा बढीको क्षती भएको अनुमान गरिएको मेयर कानुले बताए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टी गरेकी छिन् । ढुंगामुढाबाट घाईते तीनैजना प्रहरीको गरुडा स्थित अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार