असार २५, २०८२ बुधबार July 9, 2025

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी

अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० र ३२ बर्ष उमेर हद लगाउने विषयमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका विषयमा उमेर हद बारे मतदान हुने भएको छ।

बिहीबार देखि सुरु भएको २३औं सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो ।

अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले सङ्गठनमा उमेर हद बारे निर्णय लिने भएको छ । अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० र ३२ बर्ष उमेर हद लगाउने विषयमा छलफल चलिरहेको छ ।

सम्मेलनले अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लगाउने निर्णय गरेकामा अध्यक्षका कयौं आकाङ्क्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।

सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी छन् ।

विहिबारदेखि शुरु भएको यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार