श्रावण ५, २०८३ मंगलबार July 21, 2026

भालुको पित्तसहित दुईजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ कल्याणपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनीहरुले रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्त बरामद गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको जनाईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार