असार २४, २०८२ मंगलबार July 8, 2025

निर्वाचन आयोगद्धारा जनता समाजवादी पार्टी (जसपा)लाई औपचारिक मान्यता प्रदान (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई औपचारिक दलको मान्यता प्रदान गरेको छ ।

आयोगले जसपालाई आइतवार एकिकरर्णाको प्रमाणपत्र उपलव्ध गराएको हो । निर्वाचन आयोगकी सचिव देव कुमारी गुरागाईँले समाजवादी पार्टी र र राष्ट्रिय जनता पार्टी नेपाल एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल भएको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रमाणपत्र प्रदान गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । यसैबिच अध्यक्षद्वय ठाकुर र यादवले निकालेको विज्ञप्तिमा अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित रहन सबै राजनीतिक शक्ति र व्यक्तिहरुलाई आव्हान पनि गरेका छन् ।

त्यस्तै, पूर्वमन्त्री एवं जसपाका नेता मोहम्मद इस्तियाक राइले पनि जनता समाजवादी पार्टी,नेपाललाई औपचारिकता प्रदान गरेकोमा निर्वाचन आयोग लगायत सबैमा हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरेका छन् ।

दुई दलले पार्टी एकताको औपचारिक निर्णय गर्दै वैशाख १२ गते एकिकरणका लागि आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगले एकिकरणको प्रमाणपत्र दिएपछि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति प्रकाशित गरी संघीयता, अग्रगमन र पहिचान पक्षधरलाई एक हुन अपील गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार