श्रावण ५, २०८३ मंगलबार July 21, 2026

विधेयकमाथि दफावार छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश नं १ को प्रदेशसभाको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसायका’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विषय समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९१(१) (ख) बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियताले सो प्रस्ताव सभामा पेश गर्नुभएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मौसम विज्ञान विभागले मौसम सम्बन्धमा दिएको सूचनाका आधारमा प्रदेश सरकार पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले असार २४ गतेदेखि परेको अविरल वर्षाबाट जनधनको क्षति हुन नदिन प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीलाई सर्तक भएर बस्न निर्देशन दिइसकेको जानकारी दिँदै आज बिहान २ः०० बजे सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो परेर पूर्णरुपमा क्षतिमा भएका नौ घरपरिवारलाई उद्धार तथा राहतका लागि सुरक्षा टोली परिचालन गरिसकेको जानकारी दिनुभयो ।

उहाँले घटनाका सम्बन्धमा थप सूचना सङ्कलन भइरहेको र एकजनाको उद्धारका क्रममा मृत्यु भई ११ जना बेपत्ता रहेका बताउनुभयो । मन्त्री कार्कीले सुनसरी, मोरङ, झापा, भोजपुर, ओखलढुङ्गालगायतका जिल्लाका बाढी र पहिराका कारण जोखिममा परेका विवरण प्रस्तुत गर्दै बाढी र पहिरामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिने बताउनुभयो ।

उहाँले विपद् हाम्रो साझा समस्या भएकाले यसलाई समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने भन्दै सरकारको पूर्वतयारीकै कारण बाढीबाट तराई र पहाडका जिल्लामा क्षति कम भएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार