कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बागलुङ नगरका सबै विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लब गठन

माध्यामिक तहका कक्षा ९ र १० मा अध्ययनत छात्र छात्राहरुलाई समेटेर पर्यटन विद्यार्थी क्लब गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लब गठन गरेको छ । बालबालिकालाई विकास योजनाका हर सवालमा सहभागिता गराउने तथा नीति निर्माण र नेतृत्व तहको पहुँचसम्म पुर्याउन आवश्यकता देखेर नगरपालिकाले माध्यामिक तहका कक्षा ९ र १० मा अध्ययनत छात्र छात्राहरुलाई समेटेर पर्यटन विद्यार्थी क्लब गठन गरेको हो ।

नगरपालिकाको नगर पर्यटन विकास समितिको कार्यविधीमा सम्पूर्ण माध्यमिक विद्यालयहरुमा क्लब गठन गर्ने नीति अनुसार नगरपालिकाले यो कार्य सम्पन्न गरेको हो । पर्यटन विद्यार्थी क्लब मार्फत बालबालिका, विद्यार्थी तथा युवाहरुलाई पर्यटन मार्फत आर्थिक विकास, उत्पादन र रोजगारी सृजना गर्नु पर्यटन विद्यार्थी क्लब गठनको उद्धेश्य रहेको नगर उप प्रमुख एवं नगर पर्यटन विकास समितका संयोजक राजु खडकाले जानकारी दिए ।

पर्यटन विकासका लागि समुदायस्तरदेखि विद्यालय तथा क्याम्पसहरुमा बहस, छलफल तथा सचेचना मुलक कार्यक्रम जरुरी देखियो । सामुदायिकतर्फ २३ र संस्थागततर्फ १४ विद्यालयहरुमा क्लब गठन गरिएको उनले बताए ।

विद्यालयतहदेखि स्वदेशमा पर्यटन मार्फत सम्भावनाको खोजी गरी पर्यटन क्षेत्रमा विद्यार्थीहरुको रुचि बढाउन सकियो भने यसले राम्रो परिणाम दिने उप प्रमुख खड्काको विश्वास छ । पर्यटन क्षेत्रमा रुचि बढाउन सके लागू औषध तथा कुलतबाट जोगाउन सकिने, बाल विवाह, बाल श्रमको बारेमा बुझ्ने तथा योजना र व्यवस्थापनमा काम गर्ने संस्कारको विकास हुने विश्वास उप प्रमुख खड्काको छ ।

नगर पर्यटन विकास समितिले बागलुङ नगरपालिकाका सामुदायिक विद्यालयहरुतर्फ जनताधन मा. वि, त्रिभुवन मा. वि, पृथ्वी हिरण्य मा. वि, मुलपानी मा. वि, सिंगाना मा. वि, विद्या मन्दिर मा. वि, कालिका कन्या मा. वि., तितौरे मा. वि., धौलागिरी वीरेन्द्र मा. वि., लहरेपिल मा. वि., गणेश मा. वि. मा विद्यालय स्तरीय पर्यटन क्लबहरु गठन गरेको छ ।

यसै गरी रुद्रेपिपल मा. वि., चौतारे डांडा मा. वि भैरब मा. वि, बिविश्वकर्मा मा. वि., महाविद्याजन मा. वि, तित्याङ मा. वि, कुंडुले मा. वि, सिगाना मा. वि, बौडेचौर मा. वि, मालिका मा. वि, जनमत मा. वि, धौलागिरी बहिरा मा. वि मा पनि विद्यार्थी पर्यटन क्लबहरु गठन भएका छन ।

यसै गरी होलिचाइल्ड आवासिय मा. वि, गरिमा आ. मा. वि, न्यु ओएसिस आ. मा. वि, आदर्श विद्या मन्दिर आ. मा. वि, यु.एस. एकेडेम् आ. वि, फ्यूचर बाइटर आ. मा. वि, सिद्धार्थ शिक्षा सदनमा पर्यटन विद्यार्थी क्लबहरु गठन गरिएको छ । साथै न्यु एभरेष्ट एकेडेमि, कालिगण्डकी आ. मा. वि, सनराइज आ. मा. वि, चिल्डेन लाइफ ईङलिस आ. मा. वि, धौलागिरी आ. मा. वि, अमर आदर्श आ. मा. वि, गुराँस विद्या सदनमा पनि विद्यालय स्तरिय क्लबहरु गरिएको छ ।

यसरी विद्यालय तहमा पर्यटन विद्यार्थी क्लब गठन गरिदा नगर पर्यटन क्लबका लागि २ छात्र २ छात्रा र विद्यालय तहको क्लबको अध्यक्ष १ गरी ५ जना नगर पर्यटन क्लबको लागी प्रतिनिधी चयन भएका छन । यसरी चयन भएका हरेक विद्यालयका प्रतिनिधीहरुको नगर सम्मेलनले नयाँ कार्य समिति चयन गर्दै नगरको नयाँ नीति र कार्यक्रम समेत तय गर्नेछ । पर्यटन क्लब गठन भएका विद्यालयहरुमा १ जना सम्पर्क पर्यटन शिक्षकहरु पनि चयन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार