कार्तिक ११, २०८३ बुधबार October 28, 2026

तेक्वान्दो पुम्सेतर्फ मधुसूदनले जिते स्वर्ण पदक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डाैंः प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिताअन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसूदन सापकोटाले स्वर्ण पदक जितेका छन् । भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोको पुम्से स्पर्धामा नेपालकी प्रगती कुइँकेल र आयुश बोहराले रजत पदक प्राप्त गरे भने भिजन तामाङ र प्रविण श्रेष्ठले कास्य पदक प्राप्त गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए ।

प्रगतीले १३–१४ वर्ष उमेर समूह र आयुशले १५–१७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । यस्तै भिजनले १०–१२ वर्ष उमेर समूह र प्रविणले यु–१९ तर्फ विपक्षीसँग भिडेका थिए । उक्त प्रतियोगितामा नेपालबाट आठ खेलाडी सहभागी छन् । नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको खड्काले बताउनुभयो । उक्त प्रतियोगितामा १२ देशका ३७५ खेलाडी सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार