कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दोहोरी गायक विष्णु खत्रीको ‘दसैँ आइसक्यो’ सार्वजनिक

गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन
तिरेरै गाछैन पोहोर सालकै ऋण
दसैँ आइसक्यो,
रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो ।
यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ ।
विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय-शब्द स्वयं गायक खत्रीकै छ । गीतको सङ्गीत संयोजन कृष्ण विकले गर्नुभएको छ ।
गायक खत्रीले यस अघिका दसैँहरुमा ‘दसैँमा आउ प्यारा’, ‘दसैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दसैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दसैँसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार