कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

एक किलो सलह ल्याउनेलाई रु ५०० दिने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कृषि मन्त्रालयमा एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई ५०० दिने प्रस्ताव पेश गरेको हो ।

यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो ।

नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाँईंले बताए ।

भारतमा सलहको झुण्ड प्रवेश गरेलगत्तै नेपालमा छिर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी सो कार्यदल गत जेठ १३ गते गठन गरिएको थियो । हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको एउटा झुण्ड असार १३ गते भित्रिएको थियो ।

कार्यदलले अहिले पनि नियमित रुपमा सलहको अध्ययन गरी क्षति कम गर्न आवश्यक सुझाव दिँदै आएको छ । “यसपटकको बैठकले भने सर्वसाधारण पनि सलह नियन्त्रणमा परिचालन हुन सकोस् भनेर एक किलो ल्याउनेलाई रु ५०० को प्रस्ताव मन्त्रालयमा पेश गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार
राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै
२०८३ कार्तिक २, सोमबार
ओमानलाई हराउँदै नेपाल लिग-२ को शीर्ष ६ मा
२०८३ कार्तिक २, सोमबार
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार