काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना र संवेदनामा ठेस पुर्याउने नियत नरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित नरहेको र कुनै पनि व्यक्तिको संवेदना र भावनामा ठेस पुर्याउने नियत नरहेको जनाएको हो ।
श्रीराम र उहाँसँग सम्बन्धित धेरै स्थानका बारेमा बहुधा कल्पित कथा र प्रसङ्ग रहेको र सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यताको थप अध्ययन-अनुसन्धान गर्नुपर्ने महत्व दर्शाउने क्रममा टिप्पणी गर्नुभएको मन्त्रालयले जनाएको छ ।
“अयोध्याको महत्व र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति लक्षित थिएन”, विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ परराष्ट्र मन्त्रालयले मगलबार जारी गरेको प्रेश विज्ञप्तीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया