भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

लकडाउनका कारण अलपत्र ६ सय ६८ जना नेपालीहरु स्वदेश फर्कंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लकडाउनका कारण खाडी लगायत विभिन्न मुलुकहरुमा अलपत्र परेका नेपालीहरु आज विभिन्न ५ उडान मार्फत ६ सय ६८ जना स्वदेश फर्कंदैछन ।

दुई दिनदेखि स्थगित भएको नेपालीहरुको स्वदेश फिर्ती आजदेखि पुनः सुरु गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना अनुसार नेपालीहरु स्वदेश फर्कन लागेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आज मलेसियन एयरलाइन्समार्फत १९ जना, सिल्क एयरको जहाजमार्फत सिंगापुर र अष्ट्रेलियाबाट १ सय ५१ जना, युएईको दुर्बबाट फ्लाई दुबईमार्फत १ सय ८९, सारजहाबाट १ सय ६८ तथा कतारबाट कतार एयरवेजमार्फत १ सय ६० जना स्वदेश फर्कने निश्चित भएको छ।

आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एयरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज पनि आजै चीनको कुनमिङ्ग जाँदैछ। अबको एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले समान १६ उडान भर्नेछन्।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबिया र फ्लाई दुबईले २ तथा मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन्। त्यसैगरी जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ।

यो उद्धार उडान साउन ६ गतेसम्म जारी रहनेछ भने त्यसपछिको योजना बारे छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार