बैसाख २६, २०८३ शनिबार May 9, 2026

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमानिष्कासन गरेको साधारण शेयर बाँडफाँड गरिएको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर निष्कासन गरेको थियो ।

जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म शेयर पाएका छन् ।

पचासदेखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारकोशेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने एक लाख १४ हजार ९१२सञ्चयकर्ता सबैलाई ९० कित्ता र चार हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाटथप १० कित्तासहित १०० कित्ता शेयर बाँडफाँड भएको छ । एक लाख ३९ हजार ८०० सञ्चयकर्ताले साधारण शेयरका लागि आवेदन गरेका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । जसमध्ये एक लाख ३९ हजार ७७८ आवेदन मात्र स्वीकृत भएको थियो ।

दोस्रो चरणमा निष्कासन गरिएको शेयर संस्थापक सङ्गठित संस्थाका ५७३कर्मचारीले ५० देखि २५० कित्ता माग गर्नेले माग गरेअनुसारकै शेयर पाएका छन् । २६०देखि ५०० कित्ता माग गर्ने सात हजार ८६६ जनामध्ये छ हजार १५४ जनाले २५० कित्ता रएक हजार ७१२ जनाले गोलाप्रथाको माध्यामबाट थप १० कित्तासहित २६० कित्ता शेयरपाएका छन् ।

संथापक संगठित संस्था नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलिमिटेड, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, नेपालअरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिका आठ हजार ४३९कर्मचारीले शेयर आवेदन गरेका थिए ।

कम्पनीले सञ्चयकर्ताका लागि गत कात्तिक २८ देखि मङ्सिर १४ गतेसम्म र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि गत मङ्सिर १९ देखि २६ गतेसम्म खरिद आह्वान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार