असार २४, २०८२ मंगलबार July 8, 2025

ओलीको अभिव्यक्तिले संसारभरका हिन्दुहरुको भावनामा चोट पुग्यो : करण सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएपछि उनकाो यही भनाइलाई लिएर नेपाल-भारतमा आलोचना भइरहेको छ ।

यस्तैमा नेपाल-भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले रामका सम्बन्धमा दिएको अभिव्यक्तिले विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको बताएका छन् ।

सिंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको राम पूर्वी नेपालमा जन्मिएको र भारतले कृत्रिम रुपमा अयोध्या निर्माण गरेको भन्ने भनाइको असामान्य कुरा गरेको टिप्पणी गरे ।

‘यो अपमानजनक अभिव्यक्तिले नेपाल र भारतका मात्र नभएर विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको छ,’ विज्ञप्तिमा छ ।

असंगत अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको दूरी बढाउने नियत राखेको सिंहले आरोप लगाएका छन् । साथै दुवै देशका विवेकशील नागरिकहरुले यस किसिमका कदमप्रति सम्बन्धमा सचेत रहनु पर्ने र दुवै देशबीच युगौं पुरानो मित्रवत् सम्बन्ध जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताए । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार