भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी पक्राउ परेका छन् । कास्कीको पोखरा स्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीलाई पोखरा प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । उनीमाथि चितवनकी एक महिलाले बलात्कारको उजुरी दिएकी थिइन्।

अधिकारीमाथि ती महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ। पीडित महिलाले एसएसपी अधिकारीले आफ्नो क्वार्टरमा खाना खान बोलाएर जबर्जस्ती करणी गरेको उजुरी प्रहरीलाई दिएकी थिइन्। ती महिला पोखरास्थित मामाघरमा बस्दै आएकी थिइन्।

घटनालगत्तै पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो। उजुरी दिएको थाहा पाएपछि सम्पर्कविहीन भएका अधिकारीलाई उनकै कार्यालयको कम्पाण्डबाट नियन्त्रणमा लिएको पोखराका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र १९, शुक्रबार
गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त
२०८३ भाद्र १८, बिहिबार
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १८, बिहिबार
हामीले गरेको नगन्वय गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री
२०८३ भाद्र १८, बिहिबार
भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
२०८३ भाद्र १८, बिहिबार
विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक छ : उपसमाभति शर्मा
२०८३ भाद्र १८, बिहिबार
बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
२०८३ भाद्र १८, बिहिबार