कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षामन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण

पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गर्नुभएको छ ।

आज उहाँले बाढी र पहिरोका कारण क्षती पुगेका कोन्ज्योसोम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको निरीक्षण गर्नु भएको हो ।

त्यसक्रममा मन्त्री भट्टराईले क्षतिग्रस्त विद्यालयमा आवश्यकतानुसार तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद् प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले कोन्ज्योम गाउँपालिकाको ठोठ्नेखोला क्षेत्रमा बाढिले क्षतिग्रस्त बनाएको बस्तीको स्थानान्तरणका लागि पहल गर्न उहाँलाई अनुरोध गर्नुभयो ।

निरीक्षणमा मन्त्री भट्टराईसँगै सांसद राणा र क्षेत्र नं २ का प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिका प्रमुख कृष्णमान लामा, उपप्रमुख राजनप्रसाद घिमिरे, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार