कार्तिक ४, २०८३ बुधबार October 21, 2026

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताउनुभयो ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घुस मागेका थिए ।

सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताउनुभयो । रासस
–

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार