असार २३, २०८२ सोमबार July 7, 2025

सुन्दरीघाटबाट पुनः पानी वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ९ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित पाइपलाइन बगाएपछि खानेपानी वितरण कार्य अवरुद्ध बनेको थियो ।

ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का त्रिपुरेश्वर शाखाका प्रमुख सुमनबहादुर बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाढीका कारण क्षति भएको मुहान मर्मत गरेर सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याउन सफल भएका छौँ ।” उक्त पानी आजदेखि बल्खु,टेकु, सबल बहाललगायतका क्षेत्रमा वितरण गरिने प्रमुख बस्नेतले बताउनुभयो ।

केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार शनिबारदेखि तोकिएको तालिकाअनुसार पानी वितरण हुने छ । गत असोज दोस्रो साता आएको बाढी तथा पहिरोले मुलुकभर पाँच सय २५ खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । ती योजना मर्मत कार्य थालिएको खानेपानीमन्त्री यादवले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार