असार २३, २०८२ सोमबार July 7, 2025

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खाँदबारी (सङ्खुवासभा), ९ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताउनुभएको छ ।

जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । यही महिना भित्रै भूमि आयोग गठन गर्ने उहाँको भनाइ थियो ।

“मङ्सिर महिना भित्र सबै जिल्लामा भूमी आयोग गठन गरिसक्छौँ”, उहाँले भन्नुभयो । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उहाँले उल्लेख गर्नुभयो । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो ।

लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । जिल्ला मालपोत कार्यालयको भवन रु दुई करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार