कार्तिक ११, २०८३ बुधबार October 28, 2026

मिसेस नेपाल वल्र्ड २०२४ प्रतियोगिताको उपाधि डेनिला कार्कीले हात पारिन

विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ११ कार्तिक । विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन ।

शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा बहुचर्चित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरेका छन् ।

विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे । कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गरेकी छिन ।

सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएकी छिन । पब्लिक चोइस विजेता माया लामाले हात पारेकी छिन भने भ्यूवर च्वाइस विनर नानु सिंहले जितिन ।

विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरियो । जसमा मायाँ लामाले पब्लिक च्वाईस, फेसबुक च्वाईसहितको उपाधि, नानु सिंहले भिवर्स च्वाईस, मोष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाईस्, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकोन, सुसिला केसी दाहालले मोष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्याले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस उपाधि प्राप्त गरे । त्यसैगरी भिअर चोइस, मोस्ट टयालेन्टेट, मल्टिमेडिया चोइसको टाइटल नानु सिंह घोषित भएकी छिन ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा चर्चित कोरियोग्राफर अश्वनी झाले कोरियोग्राफी गरेका थिए ।

रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगिता भव्यता पूवक सम्पन्न भएको बताउँदै अगामी संस्करण अझ यो भन्दा भव्य हुने प्रतिबद्धता व्यक्त गरे  ।

यो प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोईराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदार प्रसाद घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार