बैसाख २१, २०८३ सोमबार May 4, 2026

…होइन भने पार्टी फुट्नबाट कस्ले रोक्न सक्छ र ?- चक्रपाणी खनाल, नेकपा स्थायी कमिटि सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टी फुट्छ कि नेताहरूको कुरा मिल्छ ? ठ्याक्कै भन्नुहोस् ।

कुरा मिल्छ, मिलाउनुपर्छ ।

कसरी मिल्छ, बताउनुहोस् ? मिल्नको लागि पनि त आधारहरू चाहिएला । तपाईहरू भनिरहनु भएको छ, दुवै पद प्रधानमन्त्रीले छोड्नुपर्छ । वहाँ छोड्न तयार हुनुहुन्न । प्रचण्ड र वहाँको बीचको भेटवार्ता निष्कर्षविहीन हुँदै गएको छ ।

अब भेटवार्ता निष्कर्षविहीन नै त होइन तर विविध विषयमा छलफल चलिरहेको छ भन्ने थाहा पाएको छु । मिलाउने भनेपछि त दुवै पदको कुरा, जे जति कुराहरू छन्, मिलाउने तिर जाने हो भने छोड्ने, लिने, दिने सबै हुन सक्ने भयो । मलाई लाग्छ अहिले फुटतिरको कुरा हुन सक्दैन । फुटतिर हामीले सोच्ने पनि होइन । नेपाल कम्युनिष्टको आन्दोलन एकतिर आएको छ । यसलाई फुटतिर लानु त्यति राम्रो संकेत हुँदै होइन । यो जनताप्रति पनि आफ्नै पार्टी पनि कसैप्रति न्याय हुँदैन । जुटतिर नै केन्द्रित गर्ने हो । त्यसो गर्दा दुई अध्यक्षबीचमा कुरा भइराखेकै छ, सायद मलाई लाग्छ कुरा मिल्छ होला ।

त्यसोभए कुरा मिल्छ होइन, आजबाट माधवकुमार नेपाल पनि सहभागी हुने छलफलमा, तीन जना नेता बसेर सहमति जुटाउन सक्नुहोला ?

सहमति त वास्तवमा हाम्रो कमिटि प्रणाली जुन हो, त्यो प्रणालीलाई नै चुस्तदुस्त गर्नुपर्ने, विवादले दुवैतिर ठुलो असर गर्दै लगेको छ । एकातिर पार्टी पनि सफल छैन भने अर्कोतिर विवाद नै विवादले सरकार पनि सफल छैन । जुन समस्या छ, त्यसलाई छिटोभन्दा छिटो हल गर्नुपर्छ । यसको समाधान स्थायी कमिटिले नै निकाल्नुपर्ने हो । अमुक नेताहरूबीचमा भएका सहमतिले मात्र त हुँदैन । हामीले दुईतिहाईको सरकार र हामीले त्यो अहिले जिम्मेवारी त त्यहाँबाट लिनुपर्छ । त्यसैले केन्द्रिय कमिटिले हल गर्नुपर्छ । प्राविधिक कुराहरू पनि छन्, महाधिवेशन भएको छैन । सहमतिका आधारमा पनि आएका छन् कतिपय कुराहरू । त्यसैले निर्णय गरेर मात्र हुने कुरा पनि होइन । सबै संवेदनशीलतालाई हेरेर पार्टी विभाजन हुनबाट जोगाउने, यो विभाजन जोगाउने कुरा मात्र पनि होइन, यो त घोषणापत्रको प्रतिबद्धता पूरा गर्ने कुरा पनि हो । यतिखेर एकीकृत राख्नेतिर नै जोड दिनुपर्छ ।

होइन अहिलेको विवाद भनेको तपाईलाई थाहा छ, चक्रमणि जी । तपाई त विभिन्न शीर्ष नेताहरूसँग बसेर पनि छलफल गरिरहनु भएको छ । एउटा गुट होला, उपगुट होला होइन । विभिन्न तरिकाका बैठकहरू पनि भईरहेका छन् । समाधान चाहि अध्यक्षको लेनदेनबाट होइन विधिबाट खोजिनुपर्छ भन्दै माधवकुमार नेपाल र प्रचण्ड निकट १७ जना स्थायी समितिका सदस्यहरूले गर्नुभएको छ । यसको सुरुवात हामी २० जनाले स्थायी समिति बोलाऔँ । नेताहरूले यसलाई समाधान गर्न सक्नुभएन । यसलाई स्थायी समिति बोलाऔँ भनेरै सचिवालयमा जुन छलफल हुने गर्यो, हेरेरै २० जनाको बैठक आह्वान गरेका थियौँ । अहिले विभिन्न समुहहरूमा छलफल भइरहेका छन् ।

होइन हिजोको बैठकमा तपाई हुनुहुन्थेन ? देव गुरुङको कार्यकक्षमा भएको बैठकमा ?

म थिइँन । मेरो भनाई के पनि हो भन्नहुन्छ भने अहिले पार्टीभित्र जुन प्रकारका गुट उपगुटहरू छन्, यो विभिन्न तरिकाले चलिरहेको छ । मलाई लाग्छ यो अन्यथा पनि होइन । छलफल फेरि सकारात्मकतिर सोचियो भने निष्कर्ष निस्कन्छ । त्यसकारण अहिले छलफल चलिरहेकै छन् । जे होस् अहिले हामीले कमिटिबाटै निष्कर्ष निकाल्नुपर्छ । कमिटि र विधिबाटै जाने, प्रणालीबाटै जाने त्यो गरियो भनेदेखि मलाई लाग्छ निष्कर्ष आउँछ ?

स्थायी समितिको बैठक भोली होला त ? सहमति निकाल्न सक्ला, चक्रमणि जी ?

मलाई लाग्छ, हाम्रो संघर्ष जुन ठाउँमा पुगेको छ, आन्तरिक रूपले । बैठक एउटा निष्कर्षको लागि बस्ने हो । बैठक मात्र बसेर त कुनै अर्थ छैन । बैठक त बस्छ फेरि, बस्नुपर्छ । त्यसबाहेक अरु केहीले समाधान त गर्ने होइन यो । त्यसैले मलाई लाग्छ, बैठक बस्छ ।

बैठक बसेर तपाईहरू छिनोफानो गर्न सक्नुहुन्छ ? विवाद मिलाउन सक्नुहुन्छ ?

अहिले मेरो तहबाट यो छिनोफानो हुन्छ भनेर म भन्न सक्दिन । हामीले छलफलबाटै समाधान खोज्नुपर्ने हुन्छ । छिनोफानो नै गर्ने भन्ने हो भने अहिलेसम्म कुर्नुपर्ने थिएन । यो लामो समयमा विभिन्न कुराहरू भइरहेको छ ।

अब प्रधानमन्त्रीले राजीनामा नदिने निष्कर्ष निकाल्नुभएको छ । तपाईहरू के गर्नुहुन्छ त ? तपाईहरूसँग विकल्प के छ ?

कमिटी प्रणाली प्रधानमन्त्रीले नमान्ने, बहुमतबाट छिनोफानो गरौँ भने सहमतिको कुरै नगरे हुन्छ । एकीकृत पार्टी किन चाहिएको हो त ? गुटहरू चाहिएको हो र आफ्नै गुटले समाधान निकाल्न सक्ने अवस्था भएको भए यो एकीकृत पार्टी किन चाहिएको थियो ? पहिलो कुरा त हामीले त्यहाँबाट समाधान गर्नुपर्यो । अहम्ताले पनि यो हुँदैन । बहुमत र अल्पमत व्यक्ति व्यक्तिमा गएर पनि सिद्धिएका उदाहरण पनि छन् ।

होइन विधि र प्रक्रिया पूरा गर्दाखेरि तपाईलाई थाहा छ, पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीभित्र कुनै नेता छैन । आ-आफ्नै अडानमा छन् । प्रचण्ड भन्नुहुन्छ, तपाईले कुनै एउटा पद छोड्नुपर्छ, कि त प्रधानमन्त्री कि पार्टी अध्यक्ष । अब प्रधानमन्त्री भन्नहुन्छ, महाधिवेशनसम्म तपाईहरू कुर्नुहोस् । प्रधानमन्त्रीको लागि तपाई आउने निर्वाचनसम्म कुर्नुहोस् । अब समाधान के त ?

पार्टी विधि नै कुनै चिज मान्दिन भनेर प्रधानमन्त्रीले भन्ने ?

होइन प्रधानमन्त्रीले भनिसक्नु भयो । अहिलेको अवस्थामा वहाँलाई जनताले मत दिएको हो नि त । वहाँको मतबाट निर्वाचित प्रधानमन्त्री हो नि त के.पी. शर्मा ओली । अहिले तपाईले राजीनामा माग्ने बित्तिकै वहाँले राजीनामा दिनुपर्ने कारण छ ?

जनताको मत पनि अनि यो पार्टी चाहि के त । जनताको मत नेपाल कम्युनिष्ट पार्टीलाई हो ।

होइन प्रधानमन्त्रीको नाममा मत आएको हो नि त । बाहिर त बहस त सुरु भएको छ नि त । के.पी. शर्मा ओलीको नाममा चाहि मत आएको हो क्या । नेपाल कम्युनिष्ट पार्टीलाई जनताले मतदान गरेको होइन ।

यो गलत कुरा हो । मैले प्रधानमन्त्री अथवा अरु व्यक्तिप्रति पूर्वाग्रही हुनुपर्ने जरुरी छैन । यो मत भनेको नेपाल कम्युनिष्ट पार्टीलाई आएको हो । आम जनतामा आमसञ्चार भइसकेपछि प्राप्त मत हो भन्ने कुरा बुझ्नुपर्यो । दोस्रो कुरा जनता, कार्यकर्ताको जुन उत्साह रह्यो र उत्साह मतमा परिणत भयो । मलाई के लाग्छ भने बहुमतबाट नै सबै कुरा हुन्छ भन्दा पनि मलाई लाग्छ त्यो सम्भव छैन । पार्टी र सरकारका कुराहरूलाई राम्ररी तालमेल मिलाउन सकेको भए ५ वर्षको यो म्यान्डेटलाई हामीले कार्यान्वयन गर्नुपर्छ । हाम्रा पनि केही लालसाहरू छन्, हामीले त्यो अहिले थाँती राख्नुपर्छ । यसरी सुरु भएको भए मलाई लाग्छ यसले निष्कर्ष पनि दिन्थ्यो होला । अब यो अलिकति तन्किएर गयो । पार्टीभन्दा माथि व्यक्ति, कमिटि प्रणालीभन्दा माथि व्यक्ति, यदि त्यस्तो हो भनेदेखि त त्यसको अरु कुनै विकल्प छैन आन्दोलनको ।

होइन नेपाल कम्युनिष्ट पार्टीको कुरा गर्दाखेरि पछिल्लो समयमा नेताहरूको बीचमा तपाईहरूको बीचमा जुँगाको लडाँइ त छ हेर्नुस्, एकआपसमा, द्वन्द्व विवाद छ, रिस राग पनि छ, शक्ति संघर्ष पनि छ । यो अवस्थामा तपाई मलाई ठ्याक्कै के बताउनुस् भने ईश्वर पोखरेलले उपप्रधानमन्त्रीले मसँगै नेपाली बहस मै प्रष्ट रूपले भन्नुभएको छ । अहिलेको अवस्थामा के.पी. शर्मा ओली दुवै पदमा रहनुहुन्छ । वहाँ ब्याक हुने कुनै सम्भावना छैन ।

तपाईको कुरा बुझेँ । त्यही भएर दुबै पदमा रहनुुहुन्छ भन्ने कुरा अन्य पक्षले मानेको भए त अहिलेसम्म बैठक सकिएको हुन्थ्यो । सरकार पनि आफ्नो काममा लागेको हुन्थ्यो । हाम्रो पार्टीतिर पनि सबै कुरा रोकिएर बसेको छ । कतिबेला के हुने भनेको छ, जाँगर पनि कसैको केही देखिन्न । यो स्थितिमा मलाई लाग्छ यसको समाधान त हामीले खोज्नुपर्छ भनि दिएर त हुने कुरा होइन यो । प्रधानमन्त्रीले मैले दुवै पद छोड्दिन जे गर्छौ गर भन्नु भएको छ । पार्टीले पनि अब के भनिरहेको छ भन्दा होइन अब कारबाहीबाट जानुपर्छ दुवै पदबाट हटाएर जानुपर्छ पनि भनिराखेको छ । तर हामी त के भनिरहेका छौँ भने हाम्रो पनि अर्को पक्ष छ ।

होइन तपाईहरूको भनाइ के त ठ्याक्कै बीचको बाटो के त ? सहमतिको सूत्र के त ?

पदको मात्रै कुरा पनि होइन यो । कम्युनिष्ट आन्दोलनमा आएकाृ एउटा समस्या पनि हाृे नि त ।

होइन अहिलेको लडाँइ त पदको लडाँइ हो नि त । जे जतिसुकै कुरा गरे पनि जनताले पदकै लडाँइ भनिराखेका छन् है ।

यतिखेर पदका लडाँइकै लागि पनि कोही त उठिदिनुपर्ने होला नि । अहिले पदबाट पनि त माथि उठ्न सक्नुपर्यो नि त । कम्युनिष्ट पार्टी सधैँ के पदको लागि लड्ने हो ? साच्चै भन्ने हो भने कम्युनिष्ट पार्टी नै त हो पदको लागि नलड्ने, जनताको लागि भनेर आएको पार्टी हो । व्यवहारमा सिद्ध हुनको लागि त कमसेकम पनि पार्टीको निर्णयहरू मान्नुप¥यो । हाम्रो पद्धति छ, हाम्रो विधान छ, दलका नियम होलान्, यी सबै कुरा मानेर जानुपर्छ । अर्कोतिर मलाई लाग्छ, अहिले हामीले कही न कही सहमति पनि खोज्नुपर्छ । त्यो भएर त्यता जोड गरिएको हुनाले बैठक स्थगित भएको हो ।

बैठक स्थगित भइरहेको छ । असार १० गतेबाट सुरु भएको बैठक पनि हुन सकेको छैन । प्रचण्डका विभिन्न किसिमका तर्कहरू पनि आएको छ । प्रश्नहरू पनि आएका छन् । ९ बुँदे प्रस्ताव पनि प्रचण्डले पेश गर्नुभएको छ मैले थाहा पाए अनुसार होइन । तपाई के बताउनुस् भन्दा खेरि अब नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको समाधान के छ त ? जाँदाजाँदै भन्नुस्, ठ्याक्कै बुँदामा ।

हामीले अहिले यसको समस्याको समाधान के हुन सक्छ भने दुवै पदको विषयमा प्धानमन्त्रीलाई पनि अप्ठ्यारो भएको छ । एक पदतिर पनि हाम्रो जोड हुन सक्छ । सञ्चालनको संयन्त्र निर्माण गरेर पार्टी बाइपास भयो भन्ने खालको जुन कुरा उठिरहेको छ, यसलाई समाधान गर्न सकिन्छ । पार्टी महाधिवेशनसम्म अब कसरी जाने भन्ने कुरा महाधिवेशनको एउटा खाकासहित अगाडि बढ्ने हो भने मलाई लाग्छ, धेरै कुराहरू हल हुन सक्छ । शीर्ष नेताहरूले अब कार्यकारी दोस्रो पुस्ता होस् भनेर छोड्न सक्नुपर्छ । यो अनेक अनेक कुराहरू छन् नि, यो गर्यो भने मिल्छ । होइन भने त पार्टी फुट्नबाट, यो कम्युनिष्ट पार्टी फुटबाटै आएको हो, त्यसमा कसले रोक्न सक्छ र ?

तपाईलाई थाहा जस्तो मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्छ भन्ने प्रस्ताव पनि आएको छ नेताहरूको बीचमा सरकारले राम्रो काम गर्न सकेन भनेर पनि जनताले भनेका छन् । अब तपाईहरू स्थानीय स्तरबाट बाहिर निस्कदा खेरि सङ्लो निस्कनुहुन्छ ?

विविध सम्भावनाको बीचमा अहिले सहमति कहाँ जुटाउन सकिन्छ भनेर सबैजना लगातार लागिरहेकै छौँ । हामी सबै सहमति जुटाउन लागिरहेकै छौँ । अन्तिमसम्म यसको विकल्प छैन । सहमति जुट्छ ।

त्यसोभए एक व्यक्ति एक पदमा जान्छ, नेपाल कम्युनिष्ट पार्टीको अब ?

त्यो त जानुपर्छ, त्यो हामीले पहिल्यै भनिसकेका छौँ । हामीले व्यक्ति हेरेर संगठन निर्माण गरिदिने र पद हेरेर संगठन निर्माण गरिदिने होइन । होइन भने एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष भएर चलाउन पनि सक्छ, चलाउन नसक्ने भन्ने होइन तर अहिले यो पार्टी र शीर्ष व्यक्तिहरू भएको बेलामा चलाउने तरिका अरु पनि हुनसक्छ कि भनेर खोजेको मात्र हो हामीले । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार