असार २४, २०८२ मंगलबार July 8, 2025

संसदबाट समाजबाद-खोक्रो नारामै सीमित हुने कुरासम्म ! -लोकनारायण सुवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजनीतिक क्रान्ति सम्पन्न भयो, अब आर्थिक क्रान्ति गर्ने हो र समाजवाद ल्याउने हो भनेर हो–हल्ला मच्चाउन थालेको पनि झण्डै एक दशक बित्न थालेको छ । निर्बाचन पछि त बिहान बेलुकाको मन्त्र पाठ नै यही भएको छ । तर संसदीय ब्यवस्थाबाट संसारमा कही पनि समाजवाद आएको अनुभव अहिलेसम्म बिश्वमा कही कतै छैन । अनि अर्ध औपनिवेशिक तथा नब औपनिवेशिक स्थितिबाट गुज्रिरहेको हाम्रो बर्तमान अर्ध सामन्ती सत्ताको चरित्रमा आमूल परिवर्तन नगरी संसदबाट समाजवाद ल्याउने हावादारी कुरामा बिश्वास गर्ने कुनै आधार छैन ।

सत्ताको बर्ग चरित्रलाई ढाकछोप गर्दै पुरानै सत्ता–प्रबृत्तिलाई काखी च्यापेर समाजवाद आउँदैन भन्ने कुरा लाटाले पनि बुझ्न सक्ने कुरा हो । तर सत्तामा खाइखेली गरिरहेका र गर्दै आएका काग्रेस र कम्युनिष्ट नाम गरेका दलहरुले अहिले खाशगरी २०६२-६३ को राजनीतिक परिबर्तन पछि जोडतोडले उठाइरहेको कुरा नै यही हो । अब परिचित थोत्रा कुरा गरेर सत्तामा टिकिरहन र जनतामा बिकिरहन सकिदैन भन्ने कुरा शायद यी दलहरुले महसुश गरेका छन् । त्यसैले श्रोत, साधन, सामाजिक-साँसकृति सबै क्षेत्रमा असामानता ब्याप्त भएको श्रेणीबद्ध समाजमा जनतालाई नयाँ नयाँ आशा देखाएर सत्तामा टिकिरहने उपायहको खोजी गरिन्छ । त्यसैले राजा महेन्द्रले पनि सामन्ती ब्यवस्थामा नै ‘शोषणरहित समाजको स्थापना गर्ने’ भनेर एकतन्त्री सामन्ती पञ्चायती ब्यवस्थालाई टिकाउने राम्रो नारा दिएका थिए । अहिले ब्यापक दलालीमा टिकेको पूँजीवादी ब्यबस्थालाई टिकाउन समाजबादमा जाने कुरा सत्तामा गएका दलहरुले गरिरहेका छन् । संबिधानमा लेखेकै भरमा समाजबाद आउने भए छ आजभन्दा सत्तरी बर्ष अघि नै भारतको संबिधान समाजबादी गणराज्यको कुरा लेखिएको थियो ।त्यसका अनुभवहरुलाई हेर्ने हो भने कुरा एकदमै छर्लंग हुन्छ ।

अहिले ब्यापक दलालीमा टिकेको पूँजीवादी ब्यबस्थालाई टिकाउन समाजबादमा जाने कुरा सत्तामा गएका दलहरुले गरिरहेका छन् । संबिधानमा लेखेकै भरमा समाजबाद आउने भए छ आजभन्दा सत्तरी बर्ष अघि नै भारतको संबिधान समाजबादी गणराज्यको कुरा लेखिएको थियो ।त्यसका अनुभवहरुलाई हेर्ने हो भने कुरा एकदमै छर्लंग हुन्छ ।

​यस सन्दर्भमा नेपालको अर्थ–सामाजिक आधारमा राजनीतिको हिसाव किताव गर्ने हो भने पनि यो अत्यन्तै प्रगतिशील सुधारको बाटोमा कथंकदाचित एकदमै इमानदारीपूर्वक लाग्न सक्यो भने(अहिलेसम्मको चिन्तन, चरित्र र ब्यवहार हेर्दा त त्यो कुरासम्मै पनि ‘बीरबलको खिचडी’ नै देखापर्दछ) भने पनि त्यो न्यूनतमरुपमा लोक कल्याणकारी राज्यको दिशासम्म यसले लिन सक्ने झिनो आशा गर्न सकिएला । तर अवसरबादी र संदिग्ध चरित्रको अपबित्र गठबन्धन गर्ने प्रबृत्तिको बर्तमान राजनीतिक नेतृत्व र सत्ताले यो बाटो लिन सक्ने आशा पनि ‘आकाशको फल आँखातरी मर’ जस्तै हुनजाने अहिलेसम्मको अनुभवले प्रष्ट पारेको छ । हिजो जुन कारणले देश र जनता कमजोर भएका थिए, राष्ट्रले बिकासको सही दिशा र गति लिन र पक्रिन सकेको थिएन मूलतः तिनै कारण आज पनि जबर्जस्तरुपमा बिद्यमान छन् । ती अन्तरबिरोधहरु आधारभूतरुमा कुरै छाडौ, आंशिकरुमा पनि हल भएका छैनन् । केवल जन्मजात गद्दी नसीन हुने बंश परम्परागत राजा मात्र पहिले जस्तो गद्दीमा छैनन् तर अरु प्राय सबै कुरा उसैगरी राजतन्त्रमा जस्तै मुकुट नलाएका निर्वाचित मानिएका नबराजाहरुले चलाइरहेका र चलेका छन् ।

​देशको अधिकांश महत्वपूर्ण श्रोत साधनहरुको स्वामित्व आज पनि मुठ्ठीभर सानो बर्गको हातमा नै केन्द्रित अर्थात् करीब २० प्रतिशतको हातमा नै रहेको छ । तर ८० प्रतिशत जनताले केवल २० प्रतिशत श्रोत साधनबाटै मात्र गुजारा चलाउनु पर्ने र जीवन निर्वाह गर्नु पर्ने दयनीय र दारुण स्थिति बिद्यमान छ । गरीबीको मूल कारण नै वास्तवमा यही हो । उच्च प्राथमिकता दिइएको भनिएको कृषि क्षेत्रले उन्नति गर्न नसकेको मूल कारण पनि यही नै हो । देशको बिद्यमान यस स्थितिमा आमूल परिवर्तन नल्याइकन जतिसुकै पटक गरीबी निवारण दिवस मनाए पनि आम जनतालाई कुनै फरक पर्दैन र परेको छैन ।

मुलुकको श्रम भारको ठूलो हिस्सा अहिले पनि कृषि क्षेत्रमै केन्द्रित छ । गैर कृषि क्षेत्रको हिस्सा अझै पनि सानो र सीमित छ । यति मात्रै होइन कृषि क्षेत्र उपेक्षित र तिरष्कृत भएकोले यसको उत्पादकत्व र उत्पादन बढ्न सकेको छैन र कृषि प्रधान देश भएर पनि खर्बौैं रुपैयाको अन्न लगायतका खाद्य र अन्य कृषिजन्य दैनिक उपभोगका बस्तुहरु बाहिरबाटै आपूर्ति गर्नु पर्ने स्थिति एकातिर छ भने अर्कोतिर रोजगारीको अभावमा हाम्रो ठूलो यूवा शक्ति रोजागारीका निमित्त दुबई, कतार, साउदी अरब, बहराइन लगायतका खाडीका बिभिन्न देशहरु, मलेसिया, कोरिया र बिश्वका अन्य देशहरुमा भौतारिन बाध्य छ । अनेक अपमान र पीडा सहँदै उनीहरुले दुःखले श्रम गरेर पठाएको बिप्रेषण (रेमिट्यान्स) पनि बिभिन्न बस्तुको आयात गर्न देशबाट बाहिरिने अबस्था नै तिरन्तर रहिरहेको छ । यसरी सहर्ष स्वीकारिएको र करीब २८ प्रतशित राष्ट्रिय आम्दानी दिने कृषि पछिको सबैभन्दा ठूलो श्रोत मानिएको बैदेशिक रोजगारीले पनि ‘रातभरी करायो दक्षिणा हरायो’ कै स्थिति बेहोर्न परिरहेको स्थिति बिद्यमान छ । नेपाल भारतका लागि बिप्रेषण पठाउने या प्रदान गर्ने सातौं श्रोत भएको भारतको तथ्यांकले पनि धेरै कुरा स्पष्ट पार्दछ ।

यसरी सहर्ष स्वीकारिएको र करीब २८ प्रतशित राष्ट्रिय आम्दानी दिने कृषि पछिको सबैभन्दा ठूलो श्रोत मानिएको बैदेशिक रोजगारीले पनि ‘रातभरी करायो दक्षिणा हरायो’ कै स्थिति बेहोर्न परिरहेको स्थिति बिद्यमान छ । नेपाल भारतका लागि बिप्रेषण पठाउने या प्रदान गर्ने सातौं श्रोत भएको भारतको तथ्यांकले पनि धेरै कुरा स्पष्ट पार्दछ ।

​भू–धरातलीय बिबिधताले गर्दा बिश्वमै ठूलो जैबिक बिबिधताले भरीपूर्ण, जलश्रोतको अत्याधिक धनी र नयाँ (यङ्गेष्ट माउण्टेनियस) पर्बतीय धरातलका कारणले समेत अनेक रत्नजन्य बहुमूल्य खनिज पदार्थहरुको पनि अत्याधिक ठूलो मात्रा र यूरेनियम जस्तो बहुमूल्य धातुको समेत खानी रहेकोले गर्दा हाम्रो देश द्रूत गतिमा, किफायती ढंगले, चाडोभन्दा चाँडो बिकास हुन सक्ने अनन्त सम्भावनाहरु बिद्यमान छन् । तर तिनको खोजी, सम्बद्र्धन, संरक्षण र परिचालन गर्ने राज्यको स्वरुप, चरत्र र नीति नै भएन र रहेन र यथास्थितिमा यो रहन पनि सक्तैन । त्यसैले अहिलेसम्मका बिकास प्रयासले ती सम्भावनालाई छुनसम्म पनि सकेन या छुन नै चाहेन या पाएन । त्यसले गर्दा प्राकृतिक मौसमी खेतीपातीमा निर्भर रहेको हाम्रो देश अनुकूल मौसम हुँदा बढी उत्पादन हुने र खुशी हुने तथा प्रतिकूल मौसम हुँदा हाहाकार मच्चिने जस्तो स्थितिमा टाक्सिन बाध्य बन्दै आयो । अनि हिजो थोरै जनसंख्या हुँदा खाद्यान्न निर्यात गर्ने देशले धेरै जनसंख्या बृद्धि भएर दोब्बर हुँदा निर्यातको साटो आयात गर्नुपर्ने स्थिति उत्पन्न भयो । किनकि जनसंख्या बृद्धिको अनुपातमा आवश्यक खाद्यान्न बालीनालीको उत्पादन हुन सकेन र सक्ने बनाउने तिर आवश्यक ध्यान राज्य र सरकारहरुले दिएनन् ।

​वास्तवमा कृषि, उद्योग, बन्द ब्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन,बन, बातावरण र यातायात लगायतका प्रायः सबै क्षेत्रको सन्तुलित, सुदृढ र दीगो बिकासका निमित्त सबैभन्दा आधारभूत आवश्यकता ऊर्जा – बिद्यूतको हो । त्यसको निमित्त हाम्रो देशको जलश्रोत हाम्रो सबैभन्दा भरपर्दो, दीगो र बिश्वसनीय श्रोत हो र छ । तर यसको राष्ट्रिय हितमा उपयोग गरेर नेपालको कायापलट गर्ने दिशा लिनुभन्दा पनि नदी नालाहरु भारत सरकार त्यो देशका केही कम्पनीहरुलाई सुम्पिएर पैसा कमाउन सकिन्छ भन्ने आधारहीन, अबिश्वसनीय र थोत्रा गफ दिएको दशकौं दशक बित्यो । तर त्यो खेर गइरहेको जलश्रोत नेपालको हितमा प्रयुक्त गर्ने कुनै ठोस, प्रभावकारी र परिणामदायी परियोजना परिचालन गर्नेतिर कुनै गम्भीर ध्यान पटक्कै दिइएन । बरु ती नदी नालाबाट कमिशनको जोहो गर्ने निहीत उदेश्यले नदी नालाहरुको अपरादर्शी, अबिश्वनीय र अबाञ्छित सन्धि सम्झौताहरु गर्ने र किचलो निकाल्ने काम मात्रै गरिदै आयो । त्यसको परिणाम नेपालमा जल बिद्यूतको उत्पादन एकातिर १५०० मेगावाट पनि पुग्न सकेको छैन भने अर्कोतिर राज्यद्वारा निर्मित सिञ्चाइ पनि खेतीयोग्य जमिनको केवल २० प्रतिशतभन्दा माथि हुन सकिरहेको छैन ।

​अहिलेसम्मको ठूलो राजनीतिक परिवर्तनपछि सत्तामा आएका सबै रङ्गका सरकारहरुले पनि उही गलत पुरानै परम्परालाई जोडतोडले अघि बढाउने काम गरेपछि समस्या झन जटील भएर गएको छ र नेपाली जनता तथा राष्ट्रको हितमा यी समस्याहरुको समाधान हुने कुरा झन झन टाढा हुँदै गएको छ । नेपाल निरन्तर दिनहीन रहीरहनु र समृद्धिको मूलबाटोमा अघि बढ्न नसक्नुको मूल कारण नै यही यथास्थितिबादी चिन्तन र संदिग्ध राष्ट्रिय चरित्र नै हो । अनि यस्तो स्थितिमा आमूल रुपमा परिबर्तन ल्याउने, आम जनतालाई जगैदेखि उठाउन स्वशासनलाई ब्यापक अभिबृद्धि गरी जनतालाई बिकास निर्माणप्रति गाउँ गाउँदेखि सचेत, सक्रिय र संगठति किसिलमे सञ्चालन हुन सक्ने संघीय संरचना नबनाउने हो भने बिकास र सम्बृद्धि तथा समाजबादको हो–हल्ला पनि राजा महेन्द्रले सामन्ती अधिनायकबादी पञ्चायती ब्यबस्थाबाटै ‘शोषणरहीत समाजको सिर्जना’ अथार्त ‘समाजवाद’ ल्याउने गुलियो कुरा गरेभन्दा केही फरक हुनेछैन ।

यो पञ्चायती शैलीको प्रपञ्च चलाएर जनता र देशलाई फेरि पनि धोका दिने र जिल्याने काम मात्रै हुन्छ । यसले न राष्ट्रिय एकता, राष्ट्रियता न राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता नै सबल तुल्याउन मद्दत गर्दछ । न जनता जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता जस्ता जनतान्त्रि मर्मबाट सुसज्जित नै हुन सक्तछ । यस्तो स्थितिमा समाजवादको खोक्रो राग अलाप्नुको कुनै अर्थ हुदैन । अनि ‘अर्थ न बर्थ गोबिन्द गाई’ भन्ने उखान मात्र फेरि पनि चरितार्थ हुनेछ, ज्ञात रहोस् !

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार