काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान देखिएको छ । जापानमा अध्ययनका लागि जान ९ हजार ६३८ जनाले अनुमतिपत्र लिएका छन् ।
दोस्रो नम्बरमा संयुक्त अधिराज्य (बेलायत) रहेको छ । ५ हजार ४५३ जना नेपाली विद्यार्थीले तीन महिनाको अवधिमा संयुक्त अधिराज्यका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अमेरिकाका लागि ३ हजार ६४ जनाले समीक्षा अवधिमा अध्ययन अनुमतिपत्र लिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया