भाद्र ११, २०८३ बिहिबार August 27, 2026

इरानी बन्दरगाहमा सात पानी जहाजमा आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः इरानको दक्षिणमा पर्ने बुशेहर बन्दरगाह जहाज विश्रामस्थलमा कम्तिमा सात वटा पानी जहाजमा आगो लागेको इरानको सरकारी सन्चार माध्यमले जनाएको छ । आगलागी माथि नियन्त्रण लिइसकेको र त्यसबाट कसैलाई नोक्सान नपुगेको स्थानिय विपत्ती प्रबन्धन निकायका प्रमुखले इर्ना समाचार एजेन्सीलाई बताएको छ ।

अहिलेसम्म आगलागीका कारण थाहा हुन सकेको छैन तर यसलाई हालैका हप्तामा इरानमा भइरहेका रहस्यमय घटनाहरुसँग जोडेर हेरिएको छ । यी रहस्यमय घटनाका क्रममा क्षेप्यास्त्र केन्द्र, उर्जा केन्द्र, मेडिकल क्लिनिक र परमाणु केन्द्रमा आगलागी भएको थियो । यी घटनापछि इरानमा केही नष्ट गर्ने काम भइरहेको आशंका गरिएको थियो ।

सोमबार उत्तर पुर्वी सहर मशहद नजिकै औद्यागिक केन्द्रमा आगो लागेको थियो । अधिकारीहरुका अनुसार ६ वटा ग्यास ट्यांकमा आगो लागेको, जसले गर्दा विस्फोट भएको थियो । त्यसको एक दिन पहिला दक्षिण पश्चिमी मुहसहर सहरमा एक पेट्रोकेमिकल केन्द्रमा आगो लागेको थियो । उक्त घटनालाई लिएर तेल चुहावतले भएको बताइएको थियो ।

यसअघि शनिबार राजधानी तेहरानको दमकल विभागले एक भवनको बेसमेन्टमा कयौं ग्यास सिलिन्डरमा विस्फोट भएको जानकारी दिएको थियो । इरानी अधिकारीहरुले जुलाइ २ मा नन्ताजको युरेनियम प्रशोधन केन्द्र र खोजिर क्षेप्यास्त्र उत्पादन केन्दमा जुन २६ मा भएका विस्फोटको जाँच गरिरहेका छन् । ती घटनामा विदेशी वा स्वदेशी विपक्षी समुह जिम्मेवार हुन सक्ने अनुमान गरिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार